जिल्ला छनोटमा सहभागी मकवानपुरका क्रिकेट खेलाडीहरु । फाइल तस्वीर ।

हेटौंडा: प्रधानमन्त्री टि-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा मकवानपुरले त्रिभुवन विश्वविद्यालय (टियू) लाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी मैदानमा जारी खेलमा टस जीतेर पहिले ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको हो ।

मकवानपुरका उपकप्तान सुमन सुनारले अबिजित रहँदै सर्वाधिक ७९ रन बनाए ।