जिल्ला छनोटमा सहभागी मकवानपुरका क्रिकेट खेलाडीहरु । फाइल तस्वीर ।

हेटौंडाः प्रधानमन्त्री टि–२० कप पुरुष क्रिकेट प्रतियोगिताको बागमती प्रदेश छनोट त्रिभुवन विश्वविद्यालय (टियू) बिरुद्धको खेलमा मकवानपुरले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा केही समयमै सुरु हुने खेलमा मकवानपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

मकवानपुरको सुरुवाती ११ मा कप्तान रामनरेश गिरीसहित उपकप्तान सुमन सुनार, विकेटकिपर ब्याटर गौरव खड्का, तक्षक सिंखडा, आकाश घिमिरे, युविन बुढाथोकी, शुभ कंशाकार बिशाल फुयाँल, रिजन ढकाल, शुवर्ण भट्ट र पियुष शर्मा सुरुवाती ११ खेलाडीका रुपमा मैदान उत्रदैछन् ।

यसअघि मुलपानी क्रिकेट मैदानमै भएको पहिलो खेलमा ललितपुरले भक्तपुरलाई ४ विकेटले पराजित गरेको छ । ललितपुरले जीतका लागि ८९ रनको लक्ष्य विजयी लक्ष्य पाएको थियो ।