हेटौंडाः हेटौंडा क्याम्पसको अर्थशास्त्र विभागले बागमती प्रदेश सरकारको आर्थित श्रोतको पहिचान र व्यवस्थापनमा चार्टर्ड एकाउन्टेन्टको भूमिका विषयमा अन्तरक्रिया गरेको छ । बिहीबार बिहान क्याम्पसको सभाकक्षमा अन्तरक्रियाको आयोजना गरेको हो ।
हेटौंडा क्याम्पसको अर्थशास्त्र विभागका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको अन्तरक्रियामा मकवानपुर जिल्लामा रहेका क्याम्पसका प्रमुखहरु, व्यवसायी, उद्यमी, विद्यार्थीको सहभागिता रहेको थियो । सहभागीहरुले अन्तरक्रिया महत्वपूर्ण भएको र अन्तरक्रियामा प्रदेश सरकारका मन्त्री तथा उच्च ओहोदाका कर्मचारीको सहभागिता रहनुपर्नेमा जोड दिएका थिए ।