सर्वसम्मत निर्वाचित जेसीआई हेटौंडाका पदाधिकारीहरु ।

हेटौंडाः १० वर्षपछि जेसीआई हेटौंडाको नेतृत्व चयन सर्वसम्मतरुपमा चयन भएको छ । वर्ष २०२२ को अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पवन कुमार कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षका आकांक्षी श्रवण कुमार बर्तौलाले सहमतिका लागि आफूभन्दा अग्रज पवनकुमारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको छ ।

निर्वाचन आयुक्त राजदेव बनियाँले बिहीबार दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु घोषणा गर्नुभएको छ । यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन । जेसीआई हेटौंडाको नेतृत्व चयनमा उम्मेदवारले ठूलो धनराशी खर्चेर सदस्यलाई प्रभावित गर्ने प्रवृत्तिको आलोचना हुन थालेपछि क्रमशः निर्वाचनमा उम्मेदवारले खर्च गर्ने प्रवृत्तिमा सुधार हुँदै आएको थियो ।

२ जना कार्यकारिणी उपाध्यक्षमा शिव कुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!