हेटौंडाः आज तमु ल्होसार पर्व मनाइँदैछ । गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा संघीय सरकारले आज बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । २६०६ औं तमु ल्होसारको अवसरमा देशभरका गुरुङ समुदायले हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्नेछन् । मकवानपुरमा पनि गुरुङ समुदायले हर्षोल्लासका साथ तमु ल्होसार मनाउँदै आएका छन् ।