हेटौंडाः मंगलबार रातीदेखिको नियमित वर्षाका कारण मकवानपुरको उत्तरीक्षेत्र दामनमा हिउँ परेको छ । अहिले पनि वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी छ ।

पर्यटकीय क्षेत्र समेत रहेकोले हिउँ परेसँगै पर्यटक आउने भएकोले व्यवसायी खुसी छन् । हिउँ परेसँगै त्रिभुवन राजपथको भैंसे–नौविसे खण्ड अवरुद्ध भएको छ ।











