डिस्पेन्सर हस्तान्तरण गरिँदै ।

हेटौंडाः लागूपदार्थ दूव्र्यसनमा फसेकाहरुलाई पुनस्र्थापनाको कार्य गर्दै आएको मकवानपुर रिकभरिङ समूहलाई सचेत नागरिक युवा समूहले सहयोग गरेको छ । चिसो मौसम बढेसँगै लागूपदार्थ दूव्र्यसनबाट मुक्त हुन पुनस्र्थापनाका लागि बसेकाहरुलाई तातो पानी खाने सुविधाका लागि डिस्पेन्सर सहयोग गरिएको छ ।

मंगलबार सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठको नेतृत्वमा समूहका पदाधिकारी तथा सदस्यहरु मकवानपुर रिकभरिङ समूहको पुनस्र्थापना केन्द्रमै पुगेर दुईवटा डिस्पेन्सर सहयोग गरिएको छ । करिब ८ हजार रुपैयाँ बराबरको डिस्पेन्सर सहयोग गरिएको समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

एउटा डिस्पेन्सर सचेत नागरिक युवा समूहका सदस्य राम महर्जनले आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्नुभएको हो भने अर्को एउटा डिस्पेन्सर भने सचेत नागरिक युवा समूहबाट सहयोग गरिएको समूहकी उपाध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिनुभएको छ । सचेत नागरिकका अध्यक्ष श्रेष्ठले मकवानपुर रिकभरिङ समूहका अध्यक्ष सञ्जीव शाक्यलाई डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो ।