हेटौंडाः नेकपा माओवादी केन्द्र हेटौंडा–८ का नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गर्दै मंगलबार एमालेमा प्रवेश गरेका छन् । मंगलबार जिल्ला पार्टी कार्यालय मकवापनुरमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य एवं हेटौंडा–८ नम्बर वडाको वडाअध्यक्ष पदको प्रत्याशी धर्मराज पूडासैनी, जिल्ला सदस्य परमानन्द मिश्रसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् । उनीहरुसहित करिब २० जना एमालेमा प्रवेश गरेको एमाले मकवापनुरका जिल्ला अध्यक्ष बद्रि लम्सालले बताउनुभयो ।

उनीहरुलाई एमाले मकवानपुर ईन्चार्ज तथा केन्द्रिय सदस्य रामेश्वर राना, एमाले केन्द्रिय सदस्य कृष्ण दाहाल, जुनेली श्रेष्ठ लगायतले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।