प्रतियोगिताबारे जानकारी गराउनुहुँदै मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेल ।

हेटौंडाः मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा पुस २८ गतेदेखि हुनेछ ।

खेलकुद शिक्षक संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँ र तृतीय हुने टिमले ५ हजार रुपैयाँ प्राप्त गर्र्ने खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, कार्यालय प्रमुख राजन दाहाल लगायतको उपस्थिति रहेको थियो ।