छात्रवृत्तिस्वरुप शैक्षिक सामग्री ग्रहण गर्दै विद्यार्थीहरु ।

हेटौंडाः पदमादेवी–केदारनाथ ढकाल स्मृति अक्षयकोषले हेटौंडा–२ स्थित सिद्धार्थ माविमा अध्ययनरत विपन्न एवम् जेहेन्दार १३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । मंगलबार विद्यालय परिसरमा ढकाल परिवारका ज्येष्ठ सदस्य विष्णुप्रसाद शर्मा ढकालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको छ ।

हेटौंडा–२ निवासी सिद्धार्थ माविकै शिक्षक पुरुषोत्तम ढकाल र उहाँका दाई ठाकुरनाथ ढकालले स्वर्गीय माता–पिता पदमादेवी–केदारनाथ ढकालको स्मृतिमा ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी व्याज आम्दानीबाट छात्रवृत्ति वितरण गर्नुभएको हो । छात्रवृत्तिस्वरुप विद्यार्थीलाई स्कूल व्याग, कापि, डटपेनलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई, प्रधानाध्यापक मोहनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।