हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानालाई मंसिर महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडी चितवनमा दरबन्दी भई कार्यरत डिएसपी रानालाई सर्वोकृष्ट प्रहरी घोषणा हुनुभएको हो ।

डिएसपी रानाले आफूलाई सुम्पिएको जिम्मेवारी लगनशील, इमानदारी एवम् अनुशासित ढङ्गबाट कार्यसम्पादन भएको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ । रानाले चितवन नगरपालिका–३ स्थित लागुऔषध सञ्चय गरी राखेको भन्ने सुचनाका आधारमा खोजतलास गरी चरेस १ सय ४६ किलोसहित ३ जनालाई पक्राउ गरेको, मंसिर ७ गते चितवन कालिका नगरपालिका–९ मा भएको हत्याको घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

यस्तै मंसिर २० गते कालिका नगरपालिकास्थित नदिहरुमा अवैधरुपमा उत्खनन् तथा ओसारपसारमा संलग्न ८ सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउन सफल भएको, मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनको रत्ननगर नगरपालिका–६ मा भएको एमालेको दशौँ महाधिवेसन अवधिमा त्रुटिरहित ढङ्गबाट सुरक्षा व्यवस्था कामय गरेको लगायत अन्य कार्यहरु उत्कृष्ट ढङ्बाट कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको बताइएको छ ।