हेटौंडाः नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति मकवानपुरको अध्यक्षमा पदमबहादुर बजगाई निर्विरोध निवार्चित हुनुभएको छ । एसोसिएसनको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले बजगाईलाई अध्यक्ष चयन गरेको निर्वाचन संयोजक प्रकाश थोकरले जानकारी दिनुभयोे ।

बिहिबार, शुक्रबार र शनिबार तीन दिन भएको साधारण सभा र अधिवेशनले बजगाईको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । एसोसिएसनको उपाध्यक्षमा तेजराज पाण्डे, सचिवमा बालकृष्ण तिमल्सिना, कोषाध्यक्षमा रमेश ढकाल, सह–सचिवमा मनिष पौडेल र सह–कोषाध्यक्षमा विमला गौतमलाई चयन गरको छ ।

यस्तै सदस्यहरुमा राजेन्द्र ढकाल, दिपेश ओली, नवराज रिजाल, विमल खत्री, दुर्गा कुमारी ठकुरी, भीम कुमारी रेग्मी र पवन अर्याल सदस्यमा निर्वाचित हुनुभएको छ ।