हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट मंगलबार ७ जनाको स्वाब नमूना संकलन गरिएको छ । ३ जना महिला र ४ पुरुषको स्वाब संकलन भएको हो ।
कोरोना परिक्षण गर्न संकलित स्वाब नमूना हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो ।