गुगल तस्विर ।


हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट स्कुटर गएराती १० दुर्घटना हुँदा २५ वर्षीय सुमन बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो ।

बयलकोटीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।