Home मुख्य समाचार नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटौंडाकी रश्मि निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटौंडाकी रश्मि निर्वाचित

रश्मि बस्नेत

हेटौंडाः नेपाल जेसीजको ४८ औं महाधिवेशनमा हेटौंडाकी रश्मि बस्नेत राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पोखरा जेसीजको आतिथ्यमा भएको महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदमा एक मात्र महिलाको रुपमा उम्मेदवारी दिनुभएको बस्नेतले पाँचौं सर्वाधिक मत ल्याएर विजयी हुनुभएको हो । नेपाल जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन हुनुभएको छ ।

१२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारहरुका बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो भने बस्नेतले ९ सय ३३ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय उपाध्यक्षमा निर्वाचित बस्नेत हेटौंडा लेडी जेसीज वर्ष २०१२ को अध्यक्ष हुनुहुन्थ्यो भने वर्ष २०२१ को प्रमुख सल्लाहकार रहनुभएको थियो ।

Exit mobile version