Home मुख्य समाचार भुटनदेवि माविबाट बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु

भुटनदेवि माविबाट बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु


हेटौंडाः मकवानपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडाको भुटनदेवि माध्यमकि विद्यालयबाट खोप कार्यक्रमको सुरुवात गर्नुभयो । मन्त्री खतिवडाले विद्यार्थीहरुलाई खोप लगाउन र परिवारमा जानकारी दिनसमेत आग्रह गर्नुभयो ।

खोप नलगाएकाहरुले अनलाइन फाराम भरेर खोप लगाउन मन्त्री खतिवडाले आग्रह गर्नुभएको हो । कोभिड–१९ बाट सुरक्षित रहन खोप नै उत्तम भएको मन्त्री खतिवडाले दाबी गर्नुभयो । स्वास्थ्य मन्त्री खतिवडा पनि भुटनदेवि माविको पूर्व विद्यार्थी हुनुहुन्छ । भुटनदेवी माविका करिब ७ सय विद्यार्थीलाई मोडर्ना खोप लगाइने विद्यालयका प्रध्यानाध्यापक माधव दाहालले जानकारी दिनुभयो ।

खोप लगाउने विद्यार्थीको अभिभावकलाई पनि जानकारी गराइएको उहाँको भनाई छ । मकवानपुर जिल्लामा ५५ हजार डोज मोडर्ना खोप आएको छ । जिल्लामा आएको ५५ हजार मध्ये ३५ हजार खोप हेटौंडा उपमहानगरले पाएको छ ।

स्थानीय तहले विद्यालयमै खोप केन्द्र बनाएर आइतबारबाट खोप लगाउन सुरु गरेको हो । खोप लगाउनको लागि अनिवार्य अन्य खोपहरु जस्तै अनलाइबाट फाराम भर्नुपर्ने हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई बताउनुभयो । चौलागाईका अनुसार नगरका १०४ विद्यालय मध्ये आइतबार २० वटा विद्यालयमा खोप कार्यक्रम चलिरहेको छ ।

Exit mobile version