हेटौंडाः नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठक शुक्रबार बस्दै छ । आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने तय भएको सचिवालय सदस्य नवीन सिग्देलले बताउनुभयो ।

यही पुस २३ गते एमालेको जिल्ला अधिवेशन गर्न एमाले पार्टी केन्द्रिय कमिटीले मिति तोकेको छ । यस्तै आउँदो माघ ८ गते प्रदेश अधिवेशन गर्ने नेकपा एमालेको तयारी छ । सोही विषयमा केन्द्रित भएर सचिवालय बैठक बस्न लागेको सचिवालय सदस्य सिग्देलले बताउनुभयो ।

एमाले मकवानपुर जिल्ला ईन्चार्ज यसअघि केन्द्रिय सदस्य रामेश्वर रानालाई दिइएकोे छ । सहईन्चाजको जिम्मेवारी भारती पाठक, कृष्ण दाहाल र जुनेली श्रेष्ठले प्राप्त गर्नुभएको छ ।