फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षस्वर स्वाब संकलन केन्द्रबाट आज १४ जनाको स्वाब नमूना संकलन भएको छ । ४ जना महिलासहित १० जना पुरुषको स्वाब संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

संकलित स्वाब नमूना हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परिक्षण गर्न पठाइएको छ ।