विद्यालयलाई डेस्कबेन्च हस्तान्तरण गरिँदै ।

हेटौंडाः उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–२ स्थित माहाकाल आधारभूत विद्यालयलाई डेस्कबेन्च हस्तान्तरण गरिएको छ । सहयोगी हातहरुको समूह (साहास) को ७० हजार रुपैयाँ र गाउँपालिकाको ३० हजार गरी कुल १ लाख रुपैयाँ लागतमा विद्यालयलाई १५ सेट डेस्कबेन्च शुक्रबार हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई डेस्कबेन्च हस्तान्तरण गर्नुभएको हो । ३ कक्षासम्म अध्यापन हुने विद्यालयमा ३५ जना विद्यार्थी रहेको ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाका कर्मचारीहरुले व्यक्तिगत खर्चमा विद्यार्थीलाई पोशाक सहयोग गरिएको थियो ।

बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले विद्यालयको भौतिक पूर्वाधारको विकास, शैक्षिक क्रियाकलाप, शिक्षक, कर्मचारीको क्षमता विकासको कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृत लामाले बताउनुभएको छ । डेस्कबेन्च हस्तान्तरण कार्यक्रममा साहास कटारीका प्रमुख देवेन्द्र लामाको पनि उपस्थिति रहेको थियो ।