राक्सिराङमा गाँजा फँडानी गर्दै प्रहरी ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा लगाइएको व्यावसायिक गाँजा र अफिम खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले बिहीबार बिहान राक्सिराङ गाउँपालिका–४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ, रानीघाटमा लगाइएको २० बिगाहा गाँजाखेती र ५ विगाहा अफिम नष्ट गरेको जनाएको छ ।

बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा ६० जनाको टोलीले गाँजा र अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा प्रहरी प्रमुख परिवर्तन भएसँगै प्रहरीको सक्रियता बढेको हो । केही समयपछि यस किसिमको सक्रियता कमजोर हुँदै जानेछ ।