तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा ।

हेटौंडाः उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाले सवै वडा कार्यालयमा अनलाइनबाटै राजश्व संकलन गर्ने तयारी गरेको छ । राजश्व संकलनको प्रक्रियालाई सहज र गुणस्तरीय बनाउन पालिकाले अनलाइन माध्यमको प्रयोग गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभएको छ ।

अनलाइनबाट राजश्व संकलनको तयारी स्वरुप गाउँपालिकाले वडा सचिव, कृषि र पशु शाखाका कर्मचारीलाई कम्प्युटर तथा सफ्टवेयर सञ्चालनसम्बन्धी ५ दिने तालिमको आयोजना गरेको छ । अनलाइन माध्यमबाट राजश्व संकलन गर्ने विधिका बारेमा कर्मचारीलाई प्रशिक्षित गराएपछि राजश्व संकलनको कार्य अनलाइनबाटै हुने प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिनुभएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बिहीबार तालिमको उद्घाटन गर्नुभएको छ । उदयपुरको ताप्ली गाउँपालिकामा ५ वटा वडा रहेका छन् ।