हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आइतबार १६ जनाले स्वाब नमना संकलन गराएका छन् । सात जना महिला र नौ जना पुरुषले स्वाब नमुना संकलन गराएका हुन् ।
संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
संकलन भएका नमुना कोरोना पुष्टि भए पनि अहिलेसम्म कसैको पनि स्वाब कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन काठमाण्डौ नपठाइएको उहाँले बताउनुभयो । कोरोना पुष्टि भएका स्वाबहरु नयाँ भेरियन्ट पत्ता लगाउन काठमाडौ पठाउन तयारी भइरहेको चौलागाईले बताउनुभयो ।