फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सात जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको जनाइएको छ ।

संक्रमण पुष्टि हुनेमा तीनै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्ममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय १८ जना पुगेको छ ।

जिल्लामा अहिले ४८ जना कोरोना संक्रमणका सक्रिय संक्रमित उपचाररत छन् । जसमध्ये ४७ जना होमआइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । यसै अवधिमा जिल्लामा दुई जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलेसन बस्ने दुई जना कोरोनामुक्त भएका हुन् ।