हेटौंडाः मकवानपुर प्रहरीले ४५ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ६ बजे ४५ मिनेटको समयमा राक्सिराङ–३, कठारीमा लागुऔषध गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ४५ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
बोरा बोकी हिँडेका पहिचान नखुलेका दुई जना प्रहरीलाई देखेपछि बोरा फाली भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । दुई वटा बोरा खोली हेर्दा लागुऔषध गा“जा ४५ किलो फेला परेको जनाइएको छ । कानुनी कारवाही अगाडि बढाई पहिचान नखुलेका फरार व्यक्तिहरुको खोजतलास कार्य भइरहेको जनाइएको छ ।