हेटौंडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालकृष्ण बजगाई निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट बजगाईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ ।
संघको उपाध्यक्षमा नारायण बर्तौला, सचिवमा सुदीप तिमल्सिना, कोषाध्यक्षमा रोशन सापकोटा, सह–सचिवमा मन्नु बनियाँ चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा प्रदीप कुमार तिवारी, रविन श्रेष्ठ, उद्धव देवकोटा, अमित श्रेष्ठ र सुवास दहाल चयन भएका छन् ।
संघका अध्यक्ष कृष्णराम न्यौपानेको सभाध्यक्षता भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत तर्फका उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनोज जालान, निवर्तमान अध्यक्ष रवि नेपालको पनि उपस्थिति रहेको थियो ।