फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा शुक्रबार ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । दुई जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तीनै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय १५ जना पुगेको छ । जिल्लामा अहिले ४८ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४६ जना होमआइसोलेसनमा र दुई जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

जिल्लामा यसै अवधिमा तीन जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । होेम आइसोलेसन बस्ने तीन जना कोरोनामुक्त भएका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!