फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १८ जनाको पीसीआर र सात जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाका एक–एक जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय १० जना पुगेको छ ।

जिल्लामा यसै अवधिमा ५ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । होमआइसोलेसन बस्ने ५ जना कोरोनामुक्त भएका हुन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या १५ हजार २ सय ३१ जना पुगेको छ ।

जिल्लामा हाल ५० जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ जना संस्थागत आइसोलेसनमा र ४८ जना होमआइसोलेसनमा रहेका छन् ।

जिल्लामा हालसम्म कोरोना भाइरसविरुद्धको खोप पहिलो मात्राको खोप १ लाख ८२ हजार ७ सय ६२ जनाले लगाएका छन् । यस्तै पुर्ण मात्राको खोप १ लाख ५८ हजार २ सय ३१ जनाले लगाएका छन् ।