फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट शुक्रबार ९ जनाले स्वाब नमुना संकलन गराएका छन् ।

४ जना महिला र ५ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

संकलन भएका स्वाब नमुना कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको पनि उहाँले बताउनुभयो