हेटौंडाः नेकपा एमालेको चितवनमा हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका नेताहरुलाई बिहीबार सम्मान गरिएको छ ।

नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौंडा उपमहानगर कमिटीको संयुक्त आयोजनामा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच केन्द्रीय सदस्य निर्वाचित हुनुभएका रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ र भारती पाठकलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रिप्रसाद लम्साल, नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी लगायत नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।