फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहिबार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ३ जनामा र ८ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना रहेका छन् । यस्तै मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका समान १–१ जना कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ८७ जना पुगेको छ ।

जिल्लामा हाल ५० जना कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४७ जना होम आइसोलेसनमा र ३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

जिल्ला हालसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप १ लाख ८१ हजार ५ सय ३५ जनाले लगाएका छन् भने पुर्ण मात्रको खोप १ लाख ५७ हजार ९० जनाले लगाएका छन् ।