हेटौंडाः मकवानपुरमा सोेमबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४ जनाको परिक्षण गर्दा २ जनामा र एन्टिजेन विधिबाट १३ जनाको परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र थाहा नगरपालिकाका १ जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ७३ जना पुगेको छ ।
जिल्लामा यसै अवधिमा ३ जना कोरोेना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलन बस्ने २ जना र संस्थागत आइसोलसनमा बस्ने १ जना कोरोेनामुक्त भएका हुन् । योसँगै जिल्लामा हालसम्म कोेरोनामुक्त हुनेको कुल संख्या १५ हजार १ सय ९८ जना पुगेको छ ।
जिल्लामा अहिले ४७ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४६ जना होम आइसोेलेसनमा र १ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।