हेटौंडाः परोपकार युवा सञ्जाल नेपाल र दारी ग्याङ हेटौंडाले संयुक्तरुपमा शनिबार शैक्षिक सामग्री र खाद्यान्न वितरण गरको छ । ७० हजार रुपैयाँको शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको संयोजक दीपक खड्काले जानकारी दिनुभयो ।
चितवन जिल्लाको रत्ननगर–४, देबौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका ६४ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यार्थीलाई स्कूल व्याग, कापी, कलम, पानी पिउने बोतल र खाजा खाने टिफिन बक्स वितरण गरेको खड्काले बताउनुभयो । १८ पिस पानी पिउने बोतल भने माता लक्ष्मी सप्लायर्सले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी चितवनमै सिद्धि छात्राबासमा खाद्यान्नको अभाव भएको जानकारीपश्चात् खाद्यान्न वितरण गरेको खड्काले बताउनुभयो । वडा नम्बर १० स्थित छात्राबासमा ४० जना बालबालिका आश्रित छन् ।