हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषध नाइट्रोभेट २ सय २५ ट्याबलेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरपुर्वा गाउँपालिका–७ हनुमान चोक घर भई हाल हेटौंडा–१९ बस्तिपुरमा डेरा गरी बस्ने २३ बर्षीय सुनिल साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ हेटौंडा–१० स्थित बसपार्कमा शंकास्पद रुपमा हिंडेको अवस्थामा साहलाई प्रहरीले सुरक्षा जाँच गर्दा उसको साथबाट लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार साहलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।