हेटौंडाः मानव सेवा आश्रम हेटौंडालाई खाद्यान्न सहयोग प्राप्त भएको छ ।
शुक्रबार पुरानो गोर्खा गणका गणपति प्रमुुख सेनानी लेप्टिनेण्ट कर्णेल राजेस थापाद्धारा आश्रममा आश्रितहरुको लागि खाद्यान्नसहित खाना पकाउने एलपिजी ग्यास सहयोग प्राप्त भएको मानव सेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।
थापाले आश्रमलाई १० थान सिलिन्डर ग्यास, ७ बोरा चामल र १ क्विन्टल सब्जी फलफुल सहयोग गर्नुभएको पौडेलेले जानकारी दिनुभयो । गुल्मी जिल्ला घर भई हाल मकवानपुर जिल्ला सुपरटार व्यारेगमा प्रमुख सेनानी लेप्टिनेण्ट कर्णेल रहनुभएका थापाले आश्रममा यस अघि पनि सहयोग गदैँ आउनुभएको अभियान्ता पौडेलले बताउनुभयो ।