मापसे गरी ट्रक चलाएका चालक कुमार भुजेलाई प्रहरीले सार्वजानिक गर्दै ।

हेटौंडाः मादक पदार्थ सेवन(मापसे) गरी ट्रक चलाउने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सिन्धुली कमललाई नगरपालिका ७ का ३८ बर्षीय ट्रक चालक कुमार भुजेलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा हेटौंडा–१० स्थित सडकखण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६ ९३ नम्बरको ट्रकलाई सुरक्षाजाँच गर्दा चालक भुजेलले मापसे गरी ट्रक चलाइएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालक भुजेललाई ट्रकसहित नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।