हेटौंडाः पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका सीमपानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हेटौंडा ३ बसामाडीका प्रमोदकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति १० बजेतिर ना १६ प १८३५ नम्बरको मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस ठोक्किँदा मोटरसाइकलमा सवार लामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । घाइते लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा गए राति ११ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेको थियो ।

मोटरसाइकल चालक हेटौडा १८ का ३८ वर्षका सन्तोष थापा भने सामान्य घाइते भएको थियो । प्रहरीले बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।