फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ६० जना पुगेको छ ।

जिल्लामा यसै अवधिमा २ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलसन बस्ने १ तथा संस्थागत आइसोलसनमा बस्ने १ जना कोराना संक्रमित कोरोनामुक्त भएका हुन् । संक्रमणमुक्त हुने दुबै जना हेटौंडा उपमहानगरपालिका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या १५ हजार १ सय ८८ जना पुगेको छ ।

जिल्लामा अहिले ४५ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये ४३ जना होम आइसोलसनमा र २ जना होम आइसोलसनमा उपचारत छन् ।

जिल्लामा हालसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप १ लाख ८० हजार ७ सय ७० जनाले लगाएका छन् । यस्तै दोस्रो मात्राको खोप १ लाख ५६ हजार ७ सय २७ जनाले लगाएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!