फाइल तस्बिर

हेटौंडाः दशौ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आयोजना भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । मंगलबार हेटौंडामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम आन्तरिक राजश्व कार्यालय हेटौंडा मकवानपुरको आयोजना, नेपाल रेडक्रस सोसाइटी मकवानपुर र कर सहयोगी श्रमिक संगठन मकवानपुरको समन्वयमा भएको कार्यक्रम रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको हो । स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।