हेटौंडाः उच्च अदालत पाटन हेटौंडा इजलाश परिसरमा बुधबार तीन अदालत बार एशोसिएसनले धर्ना दिएका छन् । उच्च अदालत बार हेटौंडा, मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र चितवन जिल्ला अदालत बार एसोसिएसनले बुधबार उच्च अदालत पाटन हेटौंडा इजलास अघि धर्ना दिएका हुन् ।
न्यायालयमा भएको विसङ्गती, विकृती हटाउन केन्द्रिय बारको निर्णय अनुसार धर्नामा बसेको उच्च अदालत बार हेटौंडाका अध्यक्ष सुशीलकुमार पोखरेलले बताउनुभयो । बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना चल्ने उहाँको भनाई छ ।
यसअघि उच्च अदालत बार हेटौंडा र मकवानपुर जिल्ला अदालत बार एसोसिएसनले कालो पट्टी बाँधेर धर्नामा बस्ने तथा बेन्च बहिस्कार गर्दै विरोध जनाउँदै आएका थिए । केन्द्रिय बारले प्रधानन्याधिसको राजीनामा माग्दै आएको छ । केन्द्रिय बारको निर्णयलाई ऐक्यबद्धता जनाउँदै आफुहरुले पनि विरोध जनाउँदै आएको पोखरेलको भनाई छ ।