हेटौंडाः हेटौंडा–९ हनुमानगेट नजिक बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । गएराति ना ३ च ११९३ नम्बरको बोलेरोले हेटौंडाबाट रातोमाटो जाँदै गरेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
ज्यान जानेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।