हेटौंडाः मकवानपुर तामाङ कलाकार संघको साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा संघको पहिलो वार्षिक साधारणसभा भएको हो ।
तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो ।
सभाबाट नयाँ २ सदस्यलाई थप गरि तदर्थ समितिलाई यथावत राखेको मकवानपुर तामाङ कलाकार संघका महासचिव रविन्द्र थिङले बताउनुभयो । धिरेन लामाको अध्यक्षतामा २ सदस्य थप गरि १७ सदस्यीय कार्यसमिति यथावत राखेको हो । संघको उपाध्यक्षमा अनराज तामाङ र राधिका तामाङ, महासचिवमा रविन्द्र थिङ, सचिवमा विक्रम लुङ्बा, कोषाध्यक्षमा माया घलान रहेका छन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, तामाङ घेदुङ संघ मकवानपुर अध्यक्ष कालु लामा, मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तान, तामाङ कलाकार प्रकाश तितुङलगायत कलाकारहरुको पनि उपस्थिति थियो ।