हेटौंडाः हेटौंडा–४ स्थित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समिति गठन भएको छ । शनिबार पार्क परिसरमा आयोजित साधारणसभाले गणेश भेटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

सभाले रिटबहादुर खत्री क्षेत्रीलाई उपाध्यक्षमा, सानुकाजी पाण्डेलाई सचिवमा, पूर्णप्रसाद अर्याललाई सहसचिवमा र विष्णुकुमारी बस्नेतलाई कोषाध्यक्षमा चयन गरेको छ । पार्क व्यवस्थापन समितिका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षमा भएकोे कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा सञ्चालित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिले पार्कको संरक्षण गर्दै आएको छ ।