सांकेतिक तस्वीर ।

हेटौैंडाः हेटौंडा–भीमफेदी–काठमाडौं छोेटो मार्गमा मंगलबार बिहान ट्याक्सी दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ज २९६८ नम्बरको ट्याक्सी भीमफेदी–६ जुरिखेतमा ट्याक्सी दुुर्घटना हुँदा ट्याक्सीमा सवार पर्सा जिल्लाको सुकुवा गाउँपालिकाकी ३५ वर्षीया शिवजानकी थारू चौधरीको मृत्यु भएको थियो ।

यात्रुको मृत्यु भएपछि प्रहरीले ट्याक्सी चालक पर्सा जिल्लाको सुकुवा गाउँपालिकाका ४० बर्षीय सुरेन्द्र महतोलाई थुनामा राखेको छ । दुर्घटनामा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकास्थित खानीखेत प्रहरी चौकीमा कार्यरत ४१ वर्षीय प्रहरी सहायक निरीक्षक रामचन्द्र साह गम्भीर घाइते भएका छन् ।

साहको अहिले नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।