फाइल तस्बिर

हेटौंडाः मकवानपुरको पुर्वीक्षेत्रस्थित बागमती गाउँपालिकामा ५ प्रतिशत घरमा विद्युतीकरण हुन बाँकी छ । करिब ७ हजार घरधुरी मध्ये २ सय घरधुरी मात्र विद्युतीकरण हुन बाँकी रहेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनुभएको छ ।

अध्यक्ष घलानले चालु आर्थिक बर्षमै पालिकालाई पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिने बताउनुभएको छ । अहिले नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रसँग समन्वय गरेर तीव्र गतिमा काम गरिरहेको अध्यक्ष घलानले बताउनुभयो । अहिले बागमती गाउँपालिकाका ९ वटा वडा मध्ये २, ३ र ९ नम्बर वडाका केही ठाउँमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको छ । भौगोलिक विकटता, थोरै घरधुरी भएका गाउँका लागि करोडौं खर्च गर्नुपर्ने स्थिति, पातलो वस्तिका कारण तत्काल विद्युत विस्तार गर्न नसकेको अध्यक्ष घलानले बताउनुभयो । यसका लागि पालिका लागी परेको अध्यक्ष घलानले बताउनुभयो ।

बागमतीमा विद्युत विस्तार भएसँगै इन्टरनेटको सुविधा पनि विस्तार भएको छ । कम्प्युटर, विद्युतबाट चल्ने मेसिनरी सामानहरु, गाउँघरमा सोलार प्रयोग गर्ने तर सबैको घरमा सोलार बत्ती पनि नभएका कारण अनेक दुःख हुने तर अब त्यो समस्या हट्ने अध्यक्ष घलानले बताउनुभयो ।