मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभाको ५९ सांसदले उनलाई विश्वासको मत दिएका छन् । यस्तै ४३ सांसदले विश्वासको उनको विपक्षमा मत दिएका छन् । २ सांसद भने तटस्थ बसे । उनीहरुले पक्ष र विपक्षमा मतदान गरेनन् ।

बागमती प्रदेश सभामा रहेको १०९ सांसद मध्ये १०४ जना उपस्थिति भएका थिए । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको १६८ को उपधारा ४, संविधानको धारा १८८ को उपाधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम विश्वासको मत मागेका थिए ।