हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी विनयबाबु स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल खेल भोलि शुक्रबार हुने भएको छ । १७ टिम सहभागी रहेको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठान र आमभञ्ज्याङ युवा क्लब, मकवानपुरगढी गाउँपालिका भिड्दै छन् ।

प्रतियोगिताको विजेताले ५१ हजार ५१ रुपैयाँ प्रथम पुरस्कार प्राप्त गर्नेछ । यस्तै द्वितीय हुनेले २६ हजार २६ रुपैयाँ प्राप्त गर्ने आयोजक शंकर कार्कीले जानकारी दिनुभयो । बिहीबार सेमिफाइनल खेल सकिएसँगै शुक्रबार बिहान १० बजे फाइनल खेल हुने भएको हो । प्रतियोगिताको बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको थियो ।