कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सन्त्वना भई पुरस्कृत भएका सहभागीहरु ।

हेटौंडाः साहित्य संगम मकवानपुरको आयोजनामा भएको कविता प्रतियोगितामा गोकर्ण मोक्तान प्रथम हुनुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा रोश्नी चौलागाई द्वितीय, राजनी अधिकारी तृतीय र सुस्मिता ढुंगाना र समर्पण न्यौपाने सान्त्वना भएका छन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १/१ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको साहित्य संगम मकवानपुरका सचिव डीबी बर्ताैलाले जानकारी दिनुभयो । प्रतियोगितामा ३२ जना कविको सहभागिता रहेको थियो । लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीको अवसरमा बिहीबार हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा आयोजित सम्मान कार्यक्रममा कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।