हेटौंडाः मोटरसाइकल कम्पनी यामाहाको उत्पादन एफजेड–एस भि–३ बिएस ६ हेटौंडामा लञ्च भएको छ । यामाहा मोटरसाइकलको हेटौंडाका लागि आधिकारिक बिक्रेता राज मोटर्स प्रालिले सोमबार एक कार्यक्रमको आयोजना गरी मोटरसाइकल लञ्च गरेको हो ।

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल) ले व्यावसायिक सफलताको शुभकामना दिनुहुँदै मोटरसाइकल लञ्च गर्नुभएको थियो । ब्लुटुथ टेक्नोलोजी जडित उक्त मोटरसाइकललाई मोबाइलमा उपलब्ध यामाहाको एपबाट नै लक गर्न सकिने छ । यस्तै मोटरसाइकल पार्किङ गरिएको स्थान मोवाइल एपमार्फत देखाइने तथा आफ्नो मोटरसाइकललाई पार्किङबाट निकाल्ने समयमा पनि उक्त एपबाट नै इन्डिकेटर लाइट बाल्न सकिने सुबिधा जडान गरिएको जनाइएको छ ।

मोटरसाइकलमा कुनै समस्या देखापर्ने अवस्था आएमा पहिले नै सुचित गर्ने, मोटरसाइकलको यात्राको विवरण समेत सुरक्षित रहने राज मोटर्स प्रालिका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो । १५० सिसीको मोटरसाइकलको मुल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ । उक्त मोटरसाइकलको डार्क नाइट इडिसनको मुल्य भने ३ लाख ८४ हजार ९ सय रुपैयाँ पर्ने बताइएको छ ।