हेटौंडाः नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल) हेटौंडा उपमहानगरको अध्यक्षमा विरबहादुर गोले (सानु) चयन हुनुभएको छ ।
आइतबार सम्पन्न वाइसीएलको प्रथम नगर अधिवेशनले गोलेलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा रमेश सिन्तान, निलम्बर सापकोटा, सचिव सुरज घलान, सह–सचिव ओम पुडासैनी, सावित्री गौतम, विदुर सिटौला चयन भएका छन् । वाइसीएल हेटौंडाको नगर अधिवेशनको उद्घाटन गर्न संघीय अर्थमन्त्री जनार्दन शर्मा हेटौंडा आउनुभएको थियो ।