सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार ७ जनामा कोरोना संक्रमण देखिएको छ । २४ जनामा गरिएको पिसीआर परीक्षणमा ४ जनामा र १५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४ जना र थाहा नगरपालिकाका ३ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ७ जना र होम आइसोलेसनमा ८७ जना कोरोना संक्रमित उपचाररत छन् । हाल जिल्लाभरी ९३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै, आइताबार होम आइसोलेसनमा बस्ने ८ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । योसहित जिल्लामा कोरोनामुक्त हुनेको कुल सङ्ख्या १५ हजार ८२ जना पुगेको छ ।

यस्तै हालसम्म जिल्लाभर कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १ लाख ७८ हजार १ सय १४ जना रहेका छन् भने कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १ लाख ३७ हजार ३ सय ५६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।